मलामी गएका १७ बर्षीय बालक महाकाली नदीमा डुबेर  बेपत्ता

दार्चुला । बैतडीमा एक बालक महाकाली नदीमा डुबेर बेपत्ता भएका छन् ।

शिवनाथ गाउँपालिका १ कुँडका १७ बर्षीय बालक महेश साउँद नुहाउने क्रममा डिम्बर घाटबाट बेपत्ता भएका हुन् ।

स्थानीय ६० बर्षीय घनबहादुर साउँदको मलामी गएका महेश नुहाउने क्रममा मंगलबार बिहान साढे ११ बजेतिर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

महाकाली नदीमा डुबेर बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?