महाकाली नदीमा डुबेर १७ बर्षीय एक जना बालकको मृत्यु

दार्चुला । बैतडीमा महाकाली नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको शिवनाथ गाउँपालिका १ कुँडका १७ बर्षीय महेश साउँदको नुहाउने क्रममा महाकाली नदिमा डुबेर मृत्यु भएको हो ।

स्थानीय ६० बर्षीय घनबहादुर साउँदको मलामी गएका महेश नुहाउने क्रममा मंगलबार बिहान साढे ११ बजेतिर डिम्बर घाटबाट बेपत्ता भएका थिए ।

स्थानीय र प्रहरीको टोलीले डिम्बर घाट नजिकै मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?