जन्मदिनमा पत्रकार बिष्टद्वारा अक्सिजन खरीदका लागि सहयोग

दार्चुला । बैतडीका एक पत्रकारले आफ्नो जन्मदिनको अवसर पारेर अक्सिजन खरिदका लागि सहयोग गर्नुभएको छ ।

राष्ट्रिय समाचार समिति (राससं) का बैतडी समाचारदाता विनोदसिंह विष्टले अक्सिजन खरिदका लागि सहयोग गर्नुभएको हो ।

पत्रकार विष्टले आफ्नो जन्मदिनमा गरिने फजुल खर्च कटाएर शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको अगुवाइमा जारी सहयोग संकलन अभियानमा सहयोग गर्नुभएको हो ।

जिल्ला अस्पताल बैतडीमा अक्सिजन अभाव रहेको भन्दै प्रतिष्ठानले सहयोग संकलन अभियान सञ्चालन गरेको छ ।

जेठ १२ गते २८ वशन्त पार गरेर २९ वशन्त प्रवेश गरेको अवसरमा २ हजार ८ सय २९ रुपैंया प्रतिष्ठानको खातामा जम्मा गरेको पत्रकार विष्टले जानकारी दिनुभयो । जन्मदिन मनाउन गरिने फजुल खर्च कटाएर कोरोना महामारीमा अक्सिजन नपाएर प्राण त्याग गरिरहेका नागरिक बचाउनका लागि उक्त सहयोग गरिएको उहाँले बताउनुभयो ।

आफ्नो सानो सहयोगले कसैको जीवन रक्षामा सहयोग पुग्ने हुँदा उक्त सहयोग गरिएको उहाँको भनाई छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका पत्रकार विष्ट गएको ११ वर्षदेखि पत्रकारितामा सक्रिय रहनुभएको छ । पत्रकार विष्ट पत्रकारितासंगै सामाजिक सेवामा समेत संलग्न हुदैं आउनुभएको छ ।

प्रतिष्ठानले जन्मदिनमा फजुल खर्च कटाएर सहयोग गर्नुभएकोमा पत्रकार विष्टलाई धन्यबाद ज्ञापन गरेको हो ।

जेठ २ गतदेखि सञ्चालन गरिएको अभियानमा हालसम्म ८ लाख ६२ हजार ९५९ रुपैंया संकलन भइसकेको प्रतिष्ठानले जनाएको छ ।

उक्त संकलित रकम अक्सिजन आपुर्तीलगायतमा खर्च भइरहेको उक्त अभियानमा संलग्न अभियान्ता महेश भट्टले बताउनुभयो ।

उक्त अभियानमा सहयोग गर्नका लागि अपिल समेत गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?