बैतडी अस्पताललाई अक्सिजन कन्सन्ट्रेट हस्तान्तरण

दार्चुला । बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ।

अस्पतालमा अक्सिजनको अभाव भएको खबर बाहिर आएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ।

कोरोनाका बिरामीको उपचारका लागि सहज होस् भनेर अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताउनुभयो।

अस्पतालका प्रमुख डाक्टर वसन्तराज जोशीका अनुसार अस्पतालमा अहिले १४ थान अक्सिजन कन्सन्ट्रेटर रहेकामा नौवटा कोरोनाका बिरामीको उपचारमा प्रयोग भइरहेका छन्। यसैबीच नेपाल इञ्जिनीयर्स एशोसिएशन सुदूरपश्चिम प्रदेश कार्यकारिणी समितिले जिल्ला अस्पताल बैतडीलाई १५ थान अक्सिजन सिलिण्डर भरेर हस्तान्तरण गरेको छ।

अस्पतालका खाली सिलिण्डर नेपालगञ्जबाट भरेर अस्पताललाई हस्तान्तरण गरिएको हो। एशोसिएशनले भरेर पठाएका सिलिण्डर दशरथचन्द नगरपालिकाका इञ्जिनीयर जयसिंह बोहराले अस्पतालका प्रमुख डाक्टर जोशीलाई हस्तान्तरण गर्नुभएको हो। अस्पतालमा हाल साना–ठूला गरेर ३१ वटा अक्सिजन सिलिण्डर छन्।

पछिल्लो समय अस्पतालमा कोरोनाका सङ्क्रमितको सङ्ख्या घट्दै गएकाले तत्कालका लागि अक्सिजनको अभाव नरहेको अस्पतालले जनाएको छ। अस्पतालमा हाल चार जनामात्रै कोरोनाका बिरामी भर्ना छन्। जिल्लामा हालसम्म कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ भने ७ सय सक्रिय अवस्थामा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?