दार्चुला । बैतडीमा भीरबाट लडेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ३ बरकुराली कन्सिनाका १३ बर्षीय महेश नाथको भीरबाट लडेर मृत्यु भएको हो । महेशको शुक्रबार बिहान करिब १० बजेतिर बटुन्याबाटा भन्ने खरफागलाको भीरबाट लडेर मृत्यु भएको स्थानीय राम नाथले बताउनुभयो ।
भीरबाट करीब २ सय मिटर तल खसेका महेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका बुवा दाशी नाथको समेत दुइ बर्ष अगाडि पौडा नजिकैको भीरबाट खसेर मृत्यु भएको थियो ।





प्रतिक्रिया