दार्चुला । सरकारले काेराेना भाइरसकाे सङ्क्रमण रोक्न जारी बन्दाबन्दीलाई खुकुलो बनाउँदै विकास  निर्माणका आयोजना, औद्योगिक प्रतिष्ठान तथा केही व्यापार व्यवसाय सञ्चालनको अनुमति दिए पनि दार्चुलामा सुरक्षा मापदण्डकाे पूर्ण पालना भइरहेकाे छैन् ।

जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले गरेको अनुगमनका क्रममा अधिकांश क्षेत्रमा सुरक्षाका पूर्वसावधानी तथा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगरेकाे पाइएकाे छ । सुरक्षा मापदण्डकाे पालना नगरेकाे पाइएपछि जिल्ला प्रशासन दार्चुलाले सूचना जारी गर्दै अब उप्रान्त अनिवार्यरूपमा मापदण्डको पालना गर्न आग्रह गर्दैै अन्यथा सिसीएमसी, सुरक्षा निकायका प्रतिनिधि वा जिल्ला प्रशासनका कार्यालय दार्चुलाले रोग ऐन, २०२० को दफा २ बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

काेराेना संक्रमणबाट बच्न कार्यस्थलमा प्रवेश गर्नुपूर्व अनिवार्यरूपमा साबुनपानीले हात धुने, ज्वरो मापन गर्ने तथा व्यक्तिगत सुरक्षाका लागि मास्क, पञ्जा लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने र सेवा प्रवाहका बखत सामाजिक दूरी कायम गर्न÷गराउन प्रशासनले सबैलाइ सचेत गराएको छ ।

हेर्नुहाेस प्रशासनले जारी गरेकाे सूचना!

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?