शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण, १ लाखलाई नि:शुल्क तालिम

दार्चुला । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिनुभएको छ ।

यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताउनुभयो ।

यसैबिच सकारले आगामी एक वर्षमा १ लाखलाई निस्शुल्क तालिम दिने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत अर्थमन्त्री बिष्णु पौडेलले १ लाख युवालाई तालिम दिनका लागि ४० करोड बिनियोजन गरेको जानकारी गराउनुभएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?