सतबाँझमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना

दार्चुला । बैतडीको सतबाँँझमा ‘ट्राफिक प्रहरी पोष्ट’ स्थापना गरिएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ स्थित सतबाँझ बजारमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको हो ।

दुर्घटना न्यूनीकरण र सवारी साधनबाट हुने ट्राफिक जाम नियन्त्रणका लागि ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

ट्राफिक व्यवस्थापनका लागि सतबाँझमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख आकाश रावलले जानकारी दिनुभयो । सतबाँझमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना भएको जनाउदै उहाँले सेवा प्रवाहका लागि पोष्टमा एकजना ट्राफिक हवलदार र १ जना जवान गरि दुईजना कर्मचारी खटाइएको बताउनुभयो ।

अस्थायी ट्राफिक प्रहरी पोष्टको उद्घाटन आइतबार गरिएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रशाद अधीकारी, सुर्नया गाउँपालिका वडा नं २ का वडाअध्यक्ष हर्कबहादुर पाण्डेले ट्राफिक प्रहरी पोष्टको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सतबाँझमा ट्राफिक प्रहरीको उपस्थिति अनिवार्य थियो, वडाअध्यक्ष पाण्डेले भन्नुभयो, सबैले सभ्य नागरिकको परिचय दिन ट्राफिक नियम पालना गर्नुपर्ने आवश्यक छ ।

अधिकाँश सवारी दुर्घटना साँघुरा सडकमा मादक पदार्थ सेवन गरेर, तिब्र गतिमा चलाउनाले हुने भएकाले ट्राफिकको उपस्थितिले सो घट्नामा कमि आउने विश्वास रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।

ट्राफिक प्रहरी पोष्ट स्थापनाले दशरथचन्द राजमार्ग र महाकाली लोकमार्गबाट आवजावत गर्ने सवारिसाधान चेकजाँच गर्न र सतबाँझ बजारमा हुने अव्यवस्थित ट्राफिक गतिविधि व्यवस्थापन गर्न सहज हुने सतबाँझ प्रहरी चौकीका इन्चार्ज उपेन्द्र तिम्लिसिनाले बताउनुभयो । उद्घाटन कार्यक्रममा वडा नं १ का कार्यबाहक अध्यक्ष दलबहादुर चन्द, वडा नं ३ का अध्यक्ष दिला राम भट्ट, सतबाँझ बजार व्यवस्थापन समिति अध्यक्ष देव बहादुर चन्द, अन्य जनप्रतिनिधि र प्रहरीको उपस्थिति रहेको थियो ।

सतबाँझ संगै बैतडीको चार ठाउँमा ट्राफिक प्रहरीको उपस्थिति भएको छ । जिल्लाको साहिलेक, पाटनको खोड्पे, पाटनकै पाटनमा र सुर्नयाको सतबाँझ गरि ४ ठाउँमा ट्राफिक प्रहरीको उपस्थिति रहेको ट्राफिक प्रहरी प्रमुख रावलले बताउनुभयो ।

जिल्लामा ट्राफिक प्रहरीको उपस्थिति बढ्दै गएकाले हेलमेट नलगाउने, तोकेको सङ्ख्याभन्दा बढी सवारी बोक्ने, तिब्र गतिमा सवारीसाधन चलाउने, मापसे गरेर सवारी साधन चलाउनेलगायतका गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?