दार्चुला । बैतडीको डिलासैनी गउँपालिका वडा नम्बर ४ नुवाकोटमा धानको बेर्नामा अज्ञात रोग किराको प्रकोप देखिएको छ । धान रोप्न ठिक्क पारेको बेर्नामा किराको प्रकोप देखिएको किसानहरुले गुनासो गरेका छन् ।
धान रोप्ने सिजन नजिकिदै गएको बेला धानको बेर्नामा अज्ञात किरोको प्रकोप देखिए पछि किसान चिन्तीत बनेका हुन । गाउँपालिकाका अधिकांस ठाउँमा जरा काट्ने अज्ञात किराको प्रकोप देखिएको स्थानीय कृषक शंकर बहादुर बिष्टले जानकारी दिनुभयो । यहि महिनाको अन्तिम साता रोपाईको सिजन सुरु हुदै छ, धान रोप्न ठिक्क पारेको बेर्नामा किरा लागेर सखाप पारी सक्यो विष्टले भन्नुभयो । बेर्नामा लागेको रातो रंकको किराले माटो भित्रैबाट धानका जरा कट्ने गरेको उहाँले बताउनुभयो ।
अहिले सम्म यो क्षेत्रमा यस्तो खालको किरा पहिले कहिलै देखिएको थिएन, विष्टले भन्नुभयो, हिउँदमा प्रयाप्त बर्षा नभएर गहु समेत उत्पादन नभएको र अहिले रोप्न ठिक्क पारेको धानको बेर्नामा किरा लागेपछि भोकमरीको चिन्ता बढेको छ ।
डिलासैनी गाउँपालिकाको कृषि शाखाले भने वडा नम्बर ४ क्षेत्रमा धानको बेर्नामा अज्ञात किराको प्रकोप देखिएको बारे जानकारी पाएको र वडामा रहेका कृषि प्राविधिकहरुको सहकार्यमा परिक्षणका लागि पहल भइरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख कुमोद पालले बताउनुभयो ।





प्रतिक्रिया