दार्चुला । भारतीय पक्षद्वारा कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडकमा अवरोध पुर्याईएको छ । निर्माणाधिन हुलाकी सडक अन्र्तरगत कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको हो ।
गत बर्ष साउनमा फिल्मीशैलीमा तामझाम र फौजफक्कड ल्याएर भारतीय सुरक्षाकर्मी सहितका प्रशासनिक अधिकारीले निर्माण भईरहेको हुलाकी सडक अवरोध गरेर फर्किएका थिए । यस बर्षपनि भारतीय पक्षले अवरोध गरेको सडक निर्माण कम्पनीले जनाएको छ ।
सडक निर्माण कम्पनी बाबाहंस सिद्धिकीका संचालक चक्रदिप शाहले भारतीय पक्षले यस बर्षपनि काममा अवरोध पुर्याईरहेको बताउनुभयो । उक्त ठाउँमा ‘सडक निर्माणको अन्तिम कालोपत्रे गर्न बाँकी थियो, ‘उहाँले भन्नुभयो, ‘भारतीय सीमा सुरक्षा बल (एसएसबी)बाट अवरोध भयो ।’
भारतीय पक्षले रिफ्रेन्स पिलर ३८ लाई सीमा पिलर मानेर पटकपटक अनावश्क विवाद झिक्दै आएको छ । गत बर्ष ग्राभिलिङ्ग गर्दा पनि भारतीय पक्षले अवरोध गरेको थियो ।
रिफेन्स पिलर क्षेत्रको पुर्वतिर १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न अनावश्यक बखेडा झिक्दै आएको स्थानीय हरिचन्द ठकुरी बताउँछन् । भारतीय पक्षले जिपिएस नक्साका माध्यम बाट उक्त सडक भारतको भूमिमा पर्ने दावि गर्दै काममा अवरोध गर्दै आएको छ ।





प्रतिक्रिया