बैतडीमा बुधबार १०८ जना कोरोना मुक्त,७ जनामा संक्रमण पुष्टि

दार्चुला । बैतडीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या बढ्दै गएको छ ।

बुधबार(आज) १ सय ८ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । करीब एक हजारको हाराहारीमा सक्रिय संक्रमित पुगेको बैतडीमा बुधबार सक्रिय संक्रमितको संख्या ३ सय ९० रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

यस्तै बुधबार जिल्लाका थप ७ जनामा संक्रमण पुष्टि भएको छ । पञ्चेश्वर गाउँपालिकाका ३, पाटन नगरपालिकाका २, दशरथचन्द नगरपालिका र शिवनाथ गाउँपालिकाका थप १÷१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अहिले जिल्लाको दशरथचन्द नगरपालिकामा ८० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै डिलाशैनी गाउँपालिकामा ७१ जना, पाटन नगरपालिकामा ७० जना, मेलौली नगरपालिकामा ३७ जना र दोगडाकेदार गाउँपालिकामा ३० जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै सुर्नया गाउँपालिकामा २८ जना, शिवनाथ गाउँपालिकामा २५ जना, सिगास गाउँपालिकामा २२ जना, पञ्चेश्वर गाउँपालिकामा १६ जना र पुर्चौडी नगरपालिकामा ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भए यता बैतडीमा कोरोनाबाट १५ जनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?