दार्चुला । बैतडीमा कोरोना निको हुने दर ८२ प्रतिशत भन्दा बढी रहेको छ ।
केही दिन पहिला निको हुने दर ५८ प्रतिशत रहेको बैतडीमा पछिल्लो समयमा कोरोना संक्रमण निको हुने दर बढेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।
गएको एक हप्ता यता कोरोना पुष्टि हुनेको संख्या भन्दा निको हुने संख्या बढ्दै गएको उनले बताए । कोरोना नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा, स्वास्थ्यका मापदण्ड पालनामा सचेतता, भीडभाड कम हुनु लगायतका कारण कोरोना निको हुने दर बढ्दै गएको स्वास्थ्य प्रमुख भट्टले बताउनुभयो ।
बैतडीमा बुधबार सम्म २ हजार २७२ जनामा संक्रमण पुष्टि भएकोमा १ हजार ८६७ जनाले कोरोना जितेका छन् ।
अहिले जिल्लामा ३९० जना सक्रिय संक्रमित रहेका छन् भने कोरोना कारण जिल्लामा १५ जनाको मृत्यु भईसकेको छ ।





प्रतिक्रिया