दोगाडाकेदार गाउँपालिकामा आन्तरिक मूल्यांकनबाट विद्यार्थीको परीक्षाफल प्रकाशन गरिने

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकाले गाउँपालिका भित्रका सामुदायीक तथा संस्थागत बिद्यालयहरुलाई जेठ मसान्तसम्म बार्षिक नतिजा प्रकाशन गर्न परिपत्र गरेको छ ।

कोरोना भाईरस कोभिड १९ का कारण भौतिक रुपमा उपस्थित भएर परीक्षा सञ्चालन गर्न नसकिने भएकोले आन्तरि मुल्यांकन गरी बार्षिक नतिजा प्रकाशन गर्न गाउँपालिकाले बिद्यालयहरुलाई परिपत्र गरेको हो ।

गाउँ कार्यपालिकाको बिहिबार (आज) बसेको बैठकले बिद्यालयहरुलाई कक्षा १ देखि ९ सम्मको नजिता प्रकाशनका गर्नको लागी आग्रह गर्ने निर्णय गरेको गाउँपालिकाका शिक्षा संयोजक सुरेस भट्टले जानकारी दिनुभयो ।

कक्षा १ देखि ७ र कक्षा ९ को नतिजा प्रकाशनका लागी त्रैमासिक र अर्ध बार्षिक परीक्षा वाफतको ६० प्रतिशत मुल्यांकन गरिने र निरन्तर बिद्यार्थी मुल्यांकन तथा आन्तरिक मुल्यांकन वाफत ४० प्रतिशत मुल्यांकन गरिने संयोजक भट्टले बताउनुभयो ।

यस्तै कक्षा ८ को नजिता प्रकाशनका लागी पनी शैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मुल्यांकन गर्दा त्रैमासिक र अर्ध बार्षिक परीक्षा वाफतको ६० प्रतिशत मुल्यांकन गरिने र निरन्तर बिद्यार्थी मुल्यांकन तथा आन्तरिक मुल्यांकन वाफत ४० प्रतिशत मुल्यांकन गरिने उहाँले बताउनुभयो । कक्षा ८ को शैद्धान्तिक तथा प्रयोगात्मक परीक्षाको प्राप्ताकं जेठ मसान्तसम्म तयार गरी प्रमाणित मार्कलेजर गाउँपालिकामा पेश गर्न गाउँपालिकाले बिद्यालयहरुलाई निर्देशन दिएको छ ।

यस अघि गाउँपालिकाले परीक्षा मिति तोकेकोमा कोरोनाको संक्रमण फैलिदै गए पछि बैशाख १४ गते सुचना प्रकाशित गर्दै सबै बार्षिक परीक्षाहरु रद्ध भएको जनाएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?