दार्चुला । अछाम, डोटी र बाजुरामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको सिफारिश अनुसार यही जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याएको हो ।

बाजुरा जिल्लामा गत वैशाख २२ गतेदेखि सुरु गरिएको निषेधाज्ञा जेठ ३१ गते सम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

यस्तै डोटीमा पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभीड व्यवस्थापन समितिको बैठकको सिफारिश अनुसार निषेधाज्ञाको अवधि थपिएको प्रमुख जिल्ला अधिकारी सुनील खनालले जानकारी दिनुभयो ।

अछाममा पनि जिल्ला कोभीड व्यवस्थापन समितिको बैठकको सिफारिश अनुसार निषेधाज्ञाको अवधि जेठ ३१ सम्म थपिएको प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले जानकारी दिनुभयो । जिल्लामा सक्रमितको संख्या अझै कम नभएकाले निषेधाज्ञा थप गरिएको प्रजिअ मल्लले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?