बैतडीमा थप ८७ जनाले कोरोना जिते, ९ जनामा कोरोना पुष्टि

दार्चुला । बैतडीमा थप ८७ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये शुक्रबार ८७ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

बैतडीमा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । पञ्चेश्वर गाउँपालिकाका ५, सिगास गाउँपालिकाका २, पुर्चौंडी नगरपालिका र दशरथचन्द नगरपालिकाका थप एक/एक जनामा संक्रमण पुष्टि भएको हो ।

बैतडीमा हाल सक्रिय संक्रमितको संख्या २९० रहेको छ ।

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ८२ जना, पाटन नगरपालिकामा ५६ जना, सुर्नया गाउँपालिकामा २८ जना, डिलाशैनी गाउँपालिकामा २६ जना र पञ्चेश्वर गाउँपालिकामा २३ जना रहेका छन् ।

सिगास गाउँपालिकामा २२ जना, मेलौली नगरपालिकामा २२ जना, शिवनाथ गाउँपालिकामा १६ जना, पुर्चौंडी नगरपालिकामा ६ जना र दोगडाकेदार गाउँपालिकामा ५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?