सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

दार्चुला । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर ३, कैलाली २, बझाङ्गमा १, डडेल्धुरा २ रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ४३ मा एन्टिजेन परीक्षण गर्दा १ सय ४९ जनामा कोरोना पुष्टी भएको छ । त्यस्तै १ हजार १ सय १९ जनामा पीसीआर परीक्षण गर्दा २ सय १७ मा संक्रमण पुष्टी भएको छ ।

अहिलेसम्म प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २४ पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?