सुदूरपश्चिम विश्वविद्यालयका स्थगित परीक्षा साउन ५ देखि सञ्चालन हुने

दार्चुला । सुदूरपश्चिम विश्वविद्यालयका स्थगित परीक्षा साउन ५ गतेदेखि सञ्चालन हुने भएका छन् ।

दोस्रो लहरको कोरोना भाइरसको महामारी फैलिएपछि स्थगित भएका परीक्षा विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले वैकल्पिक विधिबाट गर्ने निर्णय गरेको बताइएको छ ।

विश्वविद्यालयका अनुसार स्नातक तह दोस्रो, चौथो र छैटौं सेमेस्टरका परीक्षाहरू साउन ५ गतेबाट सञ्चालन हुनेछन् ।

त्यस्तै स्नातक दोस्रो, चौथो र छैटौं सत्रका विद्यार्थीका अघिल्लो सेमेस्टरका कक्षाहरू जेठ २५ गतेदेखि वैकल्पिक विधिबाट सञ्चालन गरिने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?