कञ्चनपुरमा करेन्ट लागेर युवकको मृत्यु

दार्चुला । कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। शनिबार दिउँसो जिल्लाको बेलौरी नगरपालिका–३ गोकुलपुर बजार बस्ने २५ वर्षीय सन्तोष चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।

आफ्नै घरमा रहेको पसलमाथि लगाइएको पुरानो होडिङ बोर्ड निकालेर छतबाट तल फाल्ने क्रममा विद्युतको मूल लाइनमा छोइदा करेन्ट लागेर उहाँ घाइते हुनुभएको थियो ।

घाइते भएका चौधरीको उपचारका लागि बेलौरीस्थित ईशान मेमोरियल अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?