रेडक्रसद्वारा सुदूरपश्चिमका सबै जिल्लामा स्वास्थ्य सामग्री वितरण

दार्चुला । नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिमले प्रदेशका सबै जिल्लामा कोभिड – १९ को प्रतिकार्यका लागि स्वास्थ्य सामग्री वितरण गरेको छ ।

चाइना रेडक्रस फाउण्डेसनको सहयोग र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशले ९ वटै जिल्लामा स्वास्थ्य सामग्री वितरण गरेको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष केशवदत्त पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार आवश्यकता र प्राथमिकता हेरेर स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

प्रदेशमा जम्मा ३ सय सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), १३ वटा अक्सिजन कन्सन्टेट्रर, चार लाख वटा मेडिकल मास्क, दश हजार पिस एन ९५ मास्क, र १०० पिस डेडबडि कभर वितरण गरिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?