सुदूरपश्चिममा थप ४ जना संक्रमितको मृत्यु, ७९४ जना निको

दार्चुला । सुदूरपश्चिम प्रदेशमा शनिबार थप ४ जना संक्रमितको मृत्यु भएको छ। कैलालीका २ जना, कञ्चनपुर १ र डडेल्धुराका १ जना गरि ४ जनाको मृत्यु भएको हो। भने ७ हजार ९४ जना निको भएर घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा ४१० नमुना पीसीआर तथा ४ वटा सीमानाकामा ७ सय ८ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परिक्षणमा १८५ जनामा संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १८९ जनाको नमूना परीक्षण गर्दा २२ जना, डडेल्धुरा अस्पतालमा १२५ जनाको नमुना परीक्षण गर्दा २४ जना, अछामको कमलबजार प्रोगशालामा ९६ जनाको परिक्षण गर्दा ५३ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ३५ हजार २७६ नमूना परीक्षण गर्दा ४१ हजार १२६ जनामा संक्रमण पुस्टि भएको छ।

हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका ३० हजार ३१२ जनाले कोरोना जितेका छन् भने, ५३८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?