दार्चुलाकाे खलंगा नाका खुल्यो, ६६ भित्रिए २३ बाहिरिए

दार्चुला । दार्चुला र धार्चुला जोड्ने खलंगा सीमा पूल बुधबार बेलुकी खुला गरिएको छ। पूल खुलेसँगै भारतमा रोकिएका ६६ जना नेपाली भित्रिएका छन् भने दार्चुलाबाट भारतका २३ जना बाहिरिएका छन्।

नेपाल भारतका अधिकारीबीच भएको सहमति अनुसार दुवै देशका नागरिकलाई वारपार गर्न दिइएको हो। पूल खुलेसँगै दार्चुलाका ४१ जना, बैतडीका ८ जना, कैलाली, हुम्ला, डडेल्धुराका एक/एक जना भित्रिएका छन् ।

यस्तै आफन्त वितेको भन्दै भारतबाट १४ जना होम क्वारेन्टाइनमा बस्ने गरी नेपाल भित्र्याइएको छ।दार्चुलाका ८ वटा स्थानीय तहका मानिसहरु पुलेखुलेसँगै भित्रिएका हुन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पुल खुलेसँगै महाकाली नगरपालिकाका १८ जना, मालिकार्जुन गाउँपालिकाका १० जना, शैल्यशिखर नगरपालिकाका, अपिहिमाल गाउँपालिका, व्यास गाउँपालिकाका एक/एक जना, मार्मा गाउँपालिकाका ४ जना, नौगाड र दुहुँ गाउँपालिकाका तीन/तीन जना नेपाल भित्रिएका छन्।

सरकारले दार्चुलाका खलंगा सहित देशभरीका २० नाकाबाट नेपालीहरुलाइ भिर्त्याइरहेकाे छ । यसअघि विभिन्न समयमा खलंगा पुलघाट खुलाएर सीमामा राेकिएका नेपालीकाे उद्दार गरिएकाे छ । -दिनेशखबरबाट

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?