दार्चुला । कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले ‘टेलिमेडिसिन’ सेवा सुरु गरेको छ ।
अस्पतालले आईतबार एक सूचना जारी गर्दै टेलिमेडिसिन’ सेवा संचालन गरेको जनाएको छ । जस अनुसार प्रदेशभर रहेका स्वास्थ्यकर्मी तथा बिरामीहरुले फोनबाटै सम्पर्क गरेर आपतकालिन सल्लाह लिन सक्नेछन् ।
सूचनामा वर्षातको मौसममा देखापर्ने सर्पदंश, मलेरिया, कालाजार, डेंगु, मेनिन्जाइटिस तथा नसर्ने रोग ९डाइबेटिज, उच्च रक्तचाप र मुटुरोग० सम्बन्धी परामर्श लिन विशेषज्ञ चिकित्सकलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक डा. शेरबहादुर कमर, डा. निराजनदत्त शर्मा, डा. सन्तोष पाण्डे र डा. निशान भट्टराईलाई बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्पर्क गर्न सकिने जनाईएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया