मतका आधारमा जनताले विकास पाउने समस्या देखिएको छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भोटका आधारमा जनताले विकास पाउने समस्या रहेको बताएका छन् ।प्रदेशसभाको आठौँ अधिवेशनको ११ औँ बैठकमा सो कुरा बताउनुभएको हो ।

‘मैले यो तितो सत्य भन्नै पर्छ स्थानीय, प्रदेश र संघीय चुनावमा मत पाएका आधारमा जनताले विकास पाउँछ । त्यस्को बारेमा कस्ले सोच्ने । आदर्शमा कुरा गर्न सजिलो छ । तर व्यवहारमा जाँदा अपठ्यारो छ,’ मुख्यमन्त्री भट्टले भन्नुभयो।

‘मत कसै अरुलाई दिएको छ तर विजयी कोही अरु भएको छ भने त्यो टोलमा ३र४ बर्षसम्म एउटा पाँच लाखको योजना समेत पर्दैन्,’ उहाँले भन्नुभयो, ‘त्यो ठाउँको लागि हामीले बोल्ने कि नबोल्ने रु सिद्धान्तको मात्रै रटान गरेर जनताका आवश्यकता कहिलेकाँही पूरा नहुन सक्छन् ।’

 मुख्यमन्त्री भट्टले केन्द्रको आर्थिक वितरण प्रणाली पनि न्यायपूर्ण नरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?