छोरीको बलात्कार पछि हत्या गरेको आरोपमा बुवा पक्राउ

दार्चुला । कैलालीमा १० वर्षीया छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका(२ की १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा उनका ५१ वर्षीय बुवा पक्राउ परेका हुन्।

‘जेठ २७ गते दिउँसो घरमै मृत फेला परेकी ती बालिकाको दाहसंस्कार गर्ने तयारी गरिरहेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट शव बरामद गरेको थियो,’ विष्टले भन्नुभयो, ‘सेती प्रादेशिक अस्पतालमा शव पोष्टमार्टमका लागि पठाएको र घटना शंकास्पद देखिएकोले विभिन्‍न व्यक्तिहरूसँग सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा उनकै बुवाले बलात्कारपछि हत्या गरेको खुलेको छ।’

प्रहरी नायब उपरीक्षक विष्टका अनुसार, मृतक बालिकाका ५१ वर्षीय बुवाले २७ गते दिउँसो आफ्नै भैँसी गोठमा लगेर जबरजस्ती करणी गरेको र घटना बाहिरिने डरले भैंसी गोठमा नै झुन्ड्याएर हत्या गरेको खुलेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?