काठमाण्डाै । कुवेतबाट फर्किएको राष्ट्रिय पुरुष फुटबल टाेलीका खेलाडी र अफिसियल लगायत ४२ जनालाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ ।
बिहीवार (आज) ललितपुरको जनस्वास्थ्य कार्यालयमा खेलाडी अफिसियल लगायत ४२ जनालाई खाेप दिइएकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । कुवेतबाट फर्किए पछि खेलाडीलाई होटल क्वरेण्टीनमा राखिएको थियो । हिजो गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज खेलाडीलाई खोप दिइएको एन्फाले जनाएको छ ।
एन्फाका अनुसार खोप लगाएपछि खेलाडीहरू घर गएका छन् । सन् २०२२ को फिफा विश्व कप र २०२३ को एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टाेली गएको आइतवार स्वदेश फर्किएको थियो ।
छनोटमा नेपालले चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियाकाे सामना गरेको थियो । पहिलो खेलमा चाइनिज ताइपेईलाई दुई–शून्यले हराएको नेपाल जोर्डन र अस्ट्रेलियासँग समान तीन–शून्यले पराजित भएको थियाे ।
त्यसअघि नेपाल इराकसँगकाे मैत्रीपूर्ण खेलमा ६–२ गोल अन्तरले पराजय बेहाेरेकाे थियाे ।
नेपाल एसियन कप फुटबल छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले छनोट प्रक्रिया संशोधन गरेसँगै नेपाल प्लेअफ नखेलिकन सिधै तेस्रो चरणमा प्रवेश गरेको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया