कञ्चनपुर । महाकाली अस्पताल प्रादेशिक अस्पतालमा ठूलो लगानीमा पूर्वाधार निर्माणको प्रक्रिया बढेको छ।सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई प्रादेशिक बनाएपछि अस्पतालको गुरु योजनाअनुसार पूर्वाधार निर्माण गर्न लागिएको हो। अस्पतालमा ३० करोड लगानीमा प्रसूति सेवा र बाल रोग भवन (ब्लक) बनाउने प्रक्रिया अघि बढेको छ।
सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माण हुने स्थानको माटो परीक्षण गरेको छ। विभागको प्राविधिक टोलीले निर्माण स्थल स्थलगत निरीक्षण गरी माटो परीक्षण गरेको छ।
माटो परीक्षणका लागि विभागका इन्जिनियरद्वय प्रवीण शाह र पूजन न्यौपाने बिहीबार अस्पताल आइपुगेका छन्। भवन निर्माणसम्बन्धी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सर र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरि कुमार श्रेष्ठसँग छलफल गरेका छन्।
समितिका अध्यक्ष जोशीले अस्पतालको गुरुयोजना अनुसार प्रसूति सेवा र बाल रोग सेवाका लागि भवन बनाउन लागिएको बताउनुभयो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया