बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु

बैतडी । बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ५ की २४ बर्षीया सुनिता पेलाको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

शनिबार बिहान घर नजिकैको खरबारीमा घाँस काट्न गएकी पेला ११ बजेतिर भीरबाट लडेर घाइते भएकी र उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?