बैतडी । डिभिजन वन कार्यालय बैतडीले यो वर्ष १ लाख ५० हजार बिरुवा निःशुल्क वितरण गर्ने भएको छ । जिल्लाका विभिन्न पाँच स्थानमा नर्सरी स्थापना गरी उत्पादन गरिएका जडीबुटी र फलफूलका बिरुवा वितरण गर्न लागेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालयको नर्सरी, सव डिभिजन वन कार्यालय गोकुलेश्वर, सव डिभिजन वन कार्यालय पाटन, सव डिभिजन वन कार्यालय हाट र सव डिभिजन वन कार्यालय सिगासबाट बिरुवा वितरा गरिने उहाँले बताउनुभयो ।
जडीबुटी र फलफूलका गरी १० प्रजातिका बिरुवा उत्पादन गरिएका डिभिजन वन कार्यालयका प्रमुख पराजुलीले बताउनुभयो । दाँते ओखर, तेजपत्ता,लप्सी, बाँस,अमला,रिठ्ठा, कल्की फूल, धुपी सल्ला लगायतका बिरुवा वितरण गरिने उहाँले बताउनुभयो।
गोकुलेश्वरबाट विरुवा वितरणको काम शुरु भईसकेको छ भने अन्य ठाउँबाट पनि बिरुवा वितरण कार्य शुरु गर्ने तयारी भएको पराजुलीले बताउनुभयो ।
किसानको आयआर्जनमा वृद्धि ल्याउनुका साथै वातावरणीय अवस्थामा सुधार ल्याउनका लागि वन कार्यालयले हरेक वर्ष निशुल्क रुपमा बिरुवा उत्पादन गरेर वितरण गर्दै आएको डिभिजन वन कार्यालयले जनाएको छ ।
गत वर्ष पनि डिभिजन वन कार्यालयले ७० हजार बिरुवा उत्पादन गरेर वितरण गरेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया