अस्मिताको लागि न्याय माग्दै आफन्त सडकमा

डडेल्धुरा । शनिबार मृत फेला परेकि डडेल्धुराको परशुराम नगरपालिकाका—८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको न्याय माग्दै आफन्त सडकमा आएका छन्। सोमबार मृतका धामीका आफन्तले धामीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्।

जोगबुढाको लाढुङ्गा बजारमा प्रदर्शन गरेका हुन्। आन्दोलनकारीले ‘धामीलाई न्याय दे, घटनाको सत्य तथ्य छानबिन गर, महिला हिंसा अन्त्य गर, धामीको बलात्कार गरि हत्या गर्नेलाई फाँसि दे, स्थानीय सरकार कान खोल’ लगाएतका माग राखेका छन्।

नगरप्रमुख भीमबहादुर साउँदलाई ६ बुँदे ज्ञापन पत्र बुझाएका छन्। उनीहरूले स्थानीय सरकारले सुरक्षा व्यवस्था कडा पारेर सुतेको समेत आरोप लगाएका छन्।

धामीको शव शनिबार परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो। उनको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले जिकिर गरेका छन्।

असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको वचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव वनमा फेला परेको हो। धामीको शवको पोष्टमार्टम तीन दिनपछि जोगबुढा अस्पतालमा भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?