डडेल्धुरामा मृत भेटिएकी अस्मिताको हत्या भएको पुष्टि, डीएनए पनि परीक्षण गरिने

डडेल्धुरा । डडेल्धुरामा मृत अवस्थामा फेला परेकी युवतीको हत्या गरिएको पुष्टि भएको छ ।शव परीक्षणबाट परशुराम नगरपालिका(८ को जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको हत्या गरिएको पुष्टि भएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

‘हामीले घटनाको प्रकृति हेर्दा युवतीको हत्या भएको आशंकामा प्रारम्भिक अनुसन्धान थालेका थियौं,’ डीआईजी सुवेदीले भन्नुभयोने, ‘शव परीक्षण रिपोर्टबाट पनि हत्या नै भएको देखिएको छ । अहिले सोही आधारमा अनुसन्धान गरिरहेका छौं । केही प्राविधिक कुराको परीक्षणका लागि प्रक्रिया अघि बढिसकेको छ ।’
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दका अनुसार जोगबुढा अस्पतालका चिकित्सकले संकलन गरेका नमूना परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

जोगबुढा अस्पतालका चिकित्सकले शव परीक्षण रिपोर्ट प्रहरीलाई बुझाइ नसकेको भए पनि अस्मिताको हत्या भएको पुष्टि गर्दै उनको बलात्कारपछि हत्या गरिएको हो कि होइन भन्ने कुरा प्रष्ट पार्न डीएनए परीक्षण गर्नुपर्ने सुझाव दिएका थिए । सोहीअनुसार प्रहरीले चिकित्सकले संकलन गरेका नमूना परीक्षणका लागि काठमाडौं पठाउने तयारी गरेको हो ।

असार २ गते स्वास्थ्य सामग्री पुर्‍याउन जोगबुढा अस्पताल जाने क्रममा बेपत्ता भएकी धामी शनिबार स्थानीय हटवानी सामुदायिक वनमा मृत फेला परेकी थिइन् । मृतकका श्रीमान र दुई छोरी छन् ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, इलाका प्रहरी कार्यालय जोगबुढाका अतिरिक्त प्रदेश प्रहरी कार्यालय र संघीय प्रहरी इकाइ कार्यालय धनगढीबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरिएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?