डोटीमा विपन्न ११ परिवारलाई खाद्यान्न सहयोग

डोटी । कोरोना कहरका कारण दैनिक छाक टार्न मुस्किलमा परेका ११ विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । मेची–महाकाली बुहारी संयुक्त आवाज तथा एस नामक संस्थाका केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाको संयुक्त सहयोगमा खाद्यान्न वितरण गरिएको हो ।

कोरोना महामारीले पारेको असर र लामो समयसम्मको निषेधाज्ञाका कारण गरिखाने परिवारलाई साँझ बिहानको छाक टार्नसमेत धौधौ परेपछि आफुहरुले सहयाता गरेको मेची–महाकाली बुहारी संयुक्त आवाज डोटी शाखाका संयोजक देवी खड्काले बताउनुभयो ।

जिल्लाको शिखर नगरपालिकामा रहेका महिला, अपाङ्गता भएका, वृद्ध तथा दलित परिवारका महिलालाई चामल, दाल, नुन, तेललगायतका सामग्री वितरण गरिएको मेची–महाकाली बुहारी संयुक्त आवाज डोटी शाखाका संयोजक खड्काको भनाइ छ ।

उहाँका अनुसार ११ परिवारलाई रु १७ हजार ५०० का दरले रु एक लाख ९२ हजार ५०० बराबरको खाद्यान्न सामग्री वितरण गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?