डोटीको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी

डोटी । गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद भएपछि डोटीको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ।

गाउँपालिकाका अध्यक्षले अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा आफू निकटका व्यक्तिलाई मात्रै दिएको आरोप लगाउँदै यहाँका स्थानीय युवाले कार्यालयमा तालाबन्दी गरेका हुन्। असार मसान्तकै समयमा गाउँपालिकाको कार्यालयमा तालान्दी गरिएपछि पालिकाका नीति तथा कार्यक्रम र चालू योजनाको भुक्तानीमा समेत प्रभावित भएको छ।

गाउँपालिका अध्यक्षले सबै वडाका युवा समावेस गरिएको समितिलाई उक्त बजेट नदिएर अवैधानिक रूपमा आफू अनुकूलको समितिलाई असार मसान्तको अन्तिममा रु पाँच लाख बराबरको बजेट दिएको भन्दै तालाबन्दी गरिएको स्थानीय यूवा भुवन कठायतले जानकारी दिनुभयो।

उनका अनुसार बजेट बिनियोजनका विषयमा गाउँपालिकालाई सल्लाह सुझाव दिन जाँदा आफ्ना माग र सुझावलाई अटेर गरेपछि तालाबन्दी गरिएको हो। युवाको समूहले गाउँपालिकाको कार्यालयमा लगाइएको ताला खोल्ने विषयमा अहिले मिटिङ् बोलाइएको अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?