भारतमा कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो

काठमाण्डौ । भारतमा कोरोना संक्रमितको संख्या तीन करोड नाघेको छ । गएको २४ घण्टामा ५० हजार ८ सय ४८ जना संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या तीन करोड २८ हजार सात सय ९ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, भारतमा अहिलेसम्म २ करोड ८९ लाख ९४ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन् । यस्तै गएको २४ घण्टामा थप १३ सय ५८ जनाको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ९० हजार नाघेको छ । भा

रतमा अहिले ६ लाख ४३ हजार भन्दा धेरै सक्रिय संक्रमित छन् । भारतमा केही समय यता कोरोना संक्रमणको दर घट्दै गएको छ ।

यस्तै, भारत सरकारले खोप अभियानलाई पनि बढाउँदै लगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?