कञ्चनपुर। कञ्चनपुरमा सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका – ५ रामनगर बस्ने २५ वर्षीय प्रमीला बोहराको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
बुधबार (हिजो ) दिउँसो नजिकैको सामुदायिक वनमा गएको बेला सर्पले डसेपछि उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा बुधबार साँझ उनको मृत्यु भएको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीका प्रशासन प्रमुख गोविन्द बहादुर बिष्टले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया