बैतडी । नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी बालिकाको शव फेला परेको छ । बैतडीको पाटन नगरपालिका १ सकारकी ११ बर्षीया नितु विकको शव फेला परेको हो ।
पाटन नगरपालिका १ अड्तोला भन्ने स्थानमा सुर्नया नदी किनारमै नितुको शव बिहीबार बिहान ८ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।
गएको मंगलबार साथीहरुसंगै नदीमा नुहाउन गएकी नितु बगेर बेपत्ता भएकी थिइन् । घटनास्थलमा अहिले प्रहरीको टोली खटिएको प्रहरी प्रवक्ता खड्काले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया