पहिरोले बन्द महाकाली राजमार्ग खुल्यो

बैतडी । पहिरोका कारण अवरुद्ध भएको महाकाली राजमार्ग सुचारु भएको छ ।

राजमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्ड अन्तगर्त बैतडीको सुर्नया गाउँपालिका ३ धरमघर भन्ने स्थानमा खसेको पहिरो पन्छ्याएपछि सडक सुचारु भएको हो ।

बिहानदेखि अवरुद्ध भएको सडक दिउँसो साढे १२ बजेदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी दर्शन खड्काले बताउनुभयो ।

सडक सुचारु भएसंगै सवारी साधन सञ्चालनमा आएका छन् । बर्षा पनि भईरहेकाले फेरी पहिरो खस्ने सम्भावना रहेको बताइएको छ । यसअघि लगातारको बर्षाले सो सडकमा असार ५ गते पहिरो खसेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?