कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध ब्राउनसुगरसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको वेदकोट नगरपालिका(९ का २२ वर्षीय नरेन्द्र मडै रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी मातहत रहेको बोर्डर आउट पोष्ट पचुइबाट खटिएको टोलीले उनलाई बेलौरी नगरपालिका(८ को कालोपुलबाट पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल शैलेश्वरी गणले मडैको साथबाट ६।९० ग्राम ब्राउन सुगरसमेत बरामद गरेको जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया