जिल्ला अस्पताल डोटीमा बन्द रहेको ओपीडी सेवा सुरु

डोटी । जिल्ला अस्पताल डोटीमा बन्द रहेको ओपीडी सेवा सुरु भएको छ । दोस्रो चरणको कोरोना भाइरसका कारण कम्तीमा पनि तीन महिनादेखि बन्द रहेको ओपीडी सेवा अहिले सङ्क्रमण दर घट्दै गएपछि सुरु गरिएको हो । अस्पतालले ओपीडी सेवा सञ्चालनमा ल्याएसँगै उपचारका लागि आउने बिरामीको भीड लागेको छ ।

नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको अस्पतालको ओपीडी सेवा अहिले सङ्क्रमणको दरमा केही कमी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी सञ्चालनमा ल्याइएको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना सङ्क्रमित हुनेहरुको दर बढ्दै गएपछि गएको वैशाख महिनाबाट अस्पतालको ओपीडी सेवा बन्द भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?