बैतडी । जिल्ला अस्पताल बैतडीमा आइतबारदेखि ओपीडी सेवा शुरु भएको छ ।
कोरोना कहरका कारण गत वैशाखदेखि बन्द रहेको ओपडी सेवा आजदेखि सुचारु भएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो ।
अस्पतालमा कोरोनाका बिरामीहरुको संख्या शुन्य भएपछि ओपीडी सेवा शुरु गरिएको उहाँले बताउनुभयो । कोरोना भाईरसको जोखिमका कारण यसअघि आकस्मिक र प्रसुती बाहेकका सबै सेवा बन्द गरिएको थियो ।
जिल्ला अस्पतालमा ओपीडी सेवा सञ्चालनमा आएपछि नागरिकहरुलाई सेवा लिन सजिलो भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया