दार्चुला । कैलालीमा एक सय २० ग्राम सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआइटी) र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार अत्तरियाबाट सुनसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ का ३० वर्षीय सुरज घताने, १८ वर्षीय विशाल जाग्री र २० वर्षीय महेश साकी रहेका छन् ।
उहाँका अनुसार पक्राउ परेका घताने सुन व्यवसायी समेत रहेको पाइएको छ । विशेष सूचनाका आधारमा खटिएको टोलीले उनीहरुसँग सुन खरिद गरेको बिल फेला नपरेपछि अनुसन्धानका लागि भन्दै पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालयले पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाएको जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया