कञ्चनपुरबाट १ लाख भन्दा बढीको अवैध बिडी बरामद

दार्चुला । सशस्त्र प्रहरीले कञ्चनपुरबाट अवैध बिडि बरामद गरेको छ।
प्रहरीले निषेधाज्ञाको समयमा अवैध रुपमा भारतबाट भित्र्याइएको १ लाख ७५ हजार बराबरको बिडी बरामद गरेको हो।

सशस्त्र प्रहरी नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरबाट खटिएको टोलीले दोधारा चाँदनीबाट अवैध बिडी बरामद गरेको थियो।

बरामद गरिएको बिडी आवश्यक कानुनी कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरी नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?