बैतडी । बैतडीको शिवनाथ गाउँपालिका ३ स्थित शिवपूर्ण आधारभूत विद्यालय बैतडीकै पहिलो तीन तारे विद्यालय घोषणा भएको छ ।
खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धिका मापदण्ड पूरा भएपछि विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चितता घोषणा गरिएको विद्यालयका प्रधानाध्यापक सुरत चन्दले बताउनुभयो ।
तीन तारे विद्यलाय हाम्रो शान, विद्यार्थी, शिक्षक र अभिभावक सबैको स्वाभिमान भन्ने नाराका सहित विद्यालयलाई तीन तारे सुनिश्चितता घोषणा गरिएको प्रधानाध्यापक चन्दले बताउनुभयो।
खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धिका १० ओटा सुचक पूरा गरेपछि ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको सहयोगमा विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरिएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया