बैतडी । शहीद दशरथ चन्दको ११९ औं जन्मजयन्ती बैतडीमा मनाइएको छ ।
शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा शहीद चन्दको ११९ औं जन्मजयन्ती उहाँकै जन्मभूमी बैतडीमा मनाइएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।
कोरोना भाईरसको महामारीका कारण अन्य कार्यक्रम गर्न नसकिएपनि शहीद दशरथचन्दको शालिकमा माल्यार्पण गरिएको उहाँले बताउनुभयो । शहीद दशरथचन्दको जन्मघर बस्कोट र गढीमा रहेको शहीद चन्दको शालिकामा माल्पार्पण गरिएको हो ।
शहीद दशरथचन्दको जन्मजयन्तीको अवसरमा आयोजना गरिएको माल्यार्पण कार्यक्रममा दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्द, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे लगायतको सहभागिता रहेको थियो ।
तत्कालिन जहाँनीया राणा शासनको अन्त्यका लागि आफ्नो जीवन बलिदान गर्ने मध्येका चार जना शहीद मध्ये दशरथ चन्द पनि एक हुन् ।
शहीद दशरथ चन्दको जन्म वि. सं.१९६० असार १७ गते बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया