कञ्चनपुर । जीउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको छ ।
जिल्लाको पुनर्वास नगरपालिका–८ का हर्कबहादुर धामीलाई घरमै लुकीछिपी बसेको अवस्थामा बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले बताउनुभयो ।
कञ्चनपुर जिल्ला अदालतको २०५४ चैत २० गतेको फैसलाले १५ दिन कैद भई धामी फरार रहेका थिए । पक्राउ परेका धामीलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया