कैलाली । सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कंडेलले पाएका छन् ।
प्रहरी प्रधानकार्यालय मानव स्रोत प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालबाट सरुवाभएर आएका कंडेलले बिहीबार धनगढी पुगेर कमाण्ड सम्हालेका हुन् ।
कंडेलले प्रदेशमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, चोरी तस्करी नियन्त्रण, सीमा सुरक्षालगायतका विषयलाई प्राथमिकतामा राखेर प्रहरी ऐन बमोजिम काम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
सुदूरपश्चिमका तत्कालीन प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको थियो ।
सुवेदीको सरुवापछि उहाँको ठाउँमा प्रहरी प्रधानकार्यालयले कंडेललाई खटाएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया