बैतडी । बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा काम गर्दै आएका लेन्थवर्कहरु शुक्रबारदेखि रिले अनशनमा बसेका छन ।
झण्डै दुई वर्षदेखि पारीश्रमिक नपाएको भन्दै उनिहरु पाटन पञ्चेश्वर सडकखण्डको प्रबेसद्वारमै अनसनमा बसेका हुन् । सरकारले पारीश्रमिकको टुङ्गा नलागुन्जेल सम्म अनसन नतोड्ने उनिहरुको चेताउनी छ ।
पाटन पञ्चेश्वर सडकखण्ड संघिय सरकारबाट गत आर्थीक वर्ष २०७५ ०७६ मा प्रदेश मातहत गएदेखि पारीश्रमिक नपाएको उनिहरुको गुनासो छ ।
बैतडीबाट संघिय सांसद दामोदरभण्डारीले प्रदेश मातशत गएको सडक भएकाले प्रदेश सरकारले नै उनिहरुको ब्यवस्थापन गर्नुपर्ने बताएका छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया