बैतडीमा असार २२ गतेदेखि कोरोना विरुद्धको भेरोसेल खोपको दोश्रो मात्रा लगाइने

बैतडी । यहिँ असार २२ गतेदेखि बैतडीमा कोरोना विरुद्धको भेरोसेल खोपको दोश्रो मात्रा लगाइने भएको छ । गत जेठ २८ देखि जिल्लामा सञ्चालन भएको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकलाई दोश्रो मात्रा लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो ।

खोपको पहिलो मात्रा लगाएका नागरिकलाई नजिकको खोप केन्द्रमा खोप कार्ड सहित आउन आग्रह गरिएको छ । दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका नागरिकलाई असार २२ गते भेरोसेल खोपको दोश्रो मात्रा दिइनेछ ।

यस्तै मेलौली नगरपालिकाका नागरिकलाई असार २३ गते खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।यस्तै पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई असार २५ गते खोप लगाइनेछ भने सिगास र सुर्नया गाउँपालिकाका नागरिकलाई असार २६ गते खोप लगाइनेछ ।

यसैगरी पुर्चौंडी नगरपालिकाका नागरिकलाई असार ३१ गते खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुमा खोप केन्द्र तोकिएको र तोकिएका ठाउँमा खोपको दोश्रो मात्रा लगाइने बताइएको छ ।

बैतडीमा करीब ३ हजार नागरिकले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । पहिलो मात्रा लगाएका नागरिकलाई दोश्रो मात्रा दिने तयारी भएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?