बैतडीमा भेरोसेल खोपको दोश्रो मात्रा आजदेखि लगाइँदै

दार्चुला । बैतडीमा पनि आज देखि कोरोना विरुद्धको भेरोसेल खोपको दोश्रो मात्रा लगाइँदै छ । गत जेठ २८ देखि जिल्लामा सञ्चालन भएको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकलाई दोश्रो मात्रा लगाउने काम आजदेखि शुरु भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका नागरिकलाई आज भेरोसेल खोपको दोश्रो मात्रा दिइनेछ । यस्तै मेलौली नगरपालिकाका नागरिकलाई असार २३ गते खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई असार २५ गते खोप लगाइनेछ भने सिगास र सुर्नया गाउँपालिकाका नागरिकलाई असार २६ गते खोप लगाइनेछ ।

यसैगरी पुर्चौंडी नगरपालिकाका नागरिकलाई असार ३१ गते खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुमा खोप केन्द्र तोकिएको र तोकिएका ठाउँमा खोपको दोश्रो मात्रा लगाइने खोप सुपरभाईजर निरीक्षक भट्टले बताउनुभयो ।

बैतडीमा करीब तीन हजार नागरिकले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । पहिलो मात्रा लगाएका नागरिकलाई दोश्रो मात्रा दिने कार्य शुरु गरिएको हो । खोपको पहिलो मात्रा लगाएका नागरिकलाई नजिकको खोप केन्द्रमा खोप कार्ड सहित आउन आग्रह गरिएको छ ।

यसैबिच दार्चुलामा यही असार २५ र २६ गते कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ।

सोमबार जिल्ला कोभिड १९ खोप अनुगमन तथा समन्वय समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

दार्चुलामा भेरोसेल खोपको पहिलो मात्रा १४ सय ९५ जनाले लगाएको बताइएको छ। जिल्लाका २० वटा खोप केन्द्रबाट कोरोनाविरुद्धको पहिलो खोप लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?