सुदूरपश्चिममा प्रदेश प्रहरी गठन प्रक्रिया सुरु, विधेयक प्रदेशसभामा टेबल

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको करिब ४० महिनापछि प्रदेश प्रहरी गठन प्रक्रिया सुरु भएको छ ।

बुधबारको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले ‘प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबल गर्नुभएको छ ।

प्रदेशसभा नियमावली २०७४ को नियम १०६ को उपनियम २ बमोजिम उनले प्रदेशस उक्त विधेयक टेबल भएसँगै अब प्रदेशमा प्रदेश प्रहरी गठनसम्बन्धी प्रक्रिया अघि बढ्ने बताइएको छ ।

नेपालको संविधान २०७२ को अनुसूची ६ ले व्यवस्था गरेअनुसार प्रदेश सरकारले प्रदेश प्रहरी गठन गर्ने काम सुरु गरेको हो ।

यसअघि संघीय प्रहरी ऐन जारी नहुँदा प्रदेश प्रहरी गठन प्रक्रियामा ढिलाइ भएको हो । संघीय प्रहरी ऐन जारी हुँदा पनि प्रदेशमा प्रहरी समायोजनको काम विलम्ब भएको मन्त्री जोशीले बताउनुभयो ।

प्रदेशमा विपद् व्यवस्थापन, द्वन्द्व व्यवस्थापन तथा प्रदेश भित्र शान्ति सुरक्षाको लागि प्रदेश प्रहरी आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?