गेटा मेडिकल कलेजको निर्माण कार्य अन्तिम चरणमा

दार्चुला । गेटा मेडिकल कलेजको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। ६ सय शय्याको अस्पताल र मेडिकल कलेजका लागि भवनलगायत २७ वटा पूर्वाधार संरचनाको निर्माण अन्तिम चरणमा पुगेको हो।

गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले भौतिक प्रगति ९० प्रतिशतभन्दा बढि पुगेको बताउनुभयो । कुनै अवरोध नआए अबको एक वर्षभित्र मेडिकल कलेज सुरु हुने धारणा उहाँको छ। दरवन्दी स्वीकृती, उपकरण खरिद लगायतको प्रक्रिया अगाडि बढे छिट्टै अस्पताल सञ्चालन गर्न सकिने साउँदले बताउनुभयो ।

पञ्चायती व्यवस्थादेखि नै सुदूरपश्चिममा मेडिकल कलेज निर्माण हुने चर्चा थियो। तर गणतन्त्र स्थापना हुन अघिसम्म भने मेडिकल कलेजको निर्माणबारे अन्यौलता नै थियो। २०६६ मा तत्कालीन सरकारले गेटा मेडिकल कलेज निर्माणको घोषणा गर्दै बजेट विनियोजन गरेको थियो।

तर वन क्षेत्रमा मेडिकल कलेज निर्माण गर्नुपर्ने र वनले वर्षौसम्म सहमति नदिएपछि मेडिकल कलेज निर्माणको प्रक्रिया पनि अगाडि बढेन। वातावरणीय प्रभाव मूल्यांकन र रूख कटान आदेशमा ढिलाइ हुँदा २०७३ पछि मात्रै मेडिकल कलेजको पूर्वाधार निर्माण सुरु भएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?